वीरगञ्ज। वीरगञ्जमा नेपाली कांग्रेससमर्थक युवाहरूले संविधानको किताब बोकेर त्यसको सुरक्षा र संरक्षणका लागि प्रदर्शन गरेका छन्।
बिहीबार साँझ जारी निषेधाज्ञाबीच घण्टाघर क्षेत्रकामा आयोजित प्रदर्शनमा युवाहरूले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न तथा राष्ट्रपति रामचन्द्र पौडेललाई आवश्यक कदम चाल्न सार्वजनिक आग्रह गरेका थिए।
कांग्रेस निकट युवाहरूले देशभरका युवाहरूलाई संविधानको रक्षाका लागि एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
कांग्रेस क्षेत्रीय सभापति महम्मद शहाबुद्दिनका अनुसार, जेन–जी आन्दोलनले सिर्जना गरेको राजनीतिक शून्यता र अनिश्चितताको समयमा संविधानको रक्षा तथा संसद् विघटनको विरुद्धमा यो प्रदर्शन गरिएको हो।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया