काठमाडौँ । १२ जना पूर्व विद्यार्थी नेताहरूले हालको राजनीतिक संकट समाधान संसद्मार्फतै खोज्नुपर्नेमा जोड दिएका छन्। बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले नयाँ सरकार गठन र निर्वाचन प्रक्रिया सुरु गर्न संसद्लाई नै प्रमुख बाटोका रूपमा स्वीकार गर्न आग्रह गरेका हुन्।

विज्ञप्तिमा जननिर्वाचित संसद् सार्वभौमसत्ताको थलो भएकाले संसद् विघटनको मागलाई अस्वीकार गर्नुपर्ने उल्लेख छ। साथै, भ्रष्टाचार अन्त्य, सुशासन कायम गर्ने र युवापुस्ताको आकांक्षा सम्बोधन गर्ने नेतृत्व संसद्‌मै जन्मिनुपर्ने उनीहरूको धारणा छ।

advertisement

प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति जलाउने, जनधनको क्षति पुर्‍याउने र लुटपाटमा संलग्न व्यक्तिहरूमाथि कारबाही गर्न स्वतन्त्र र निष्पक्ष न्यायिक आयोग गठन गर्नुपर्ने माग पनि उनीहरूले अघि सारेका छन्।

त्यसैगरी, कुनै पनि कारण देखाएर हिंसा र मुठभेडलाई प्रोत्साहन नगर्न सबै पक्षलाई सचेत रहन नेताहरूले अपील गरेका छन्।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com