काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले प्रहरीहरूलाई व्यावसायिक धर्म र निष्ठामा कुनै पनि कमी नआउने गरी काम गर्न आग्रह गरेका छन्।

बिहीबार साँझ एक भिडियो सन्देशमार्फत बोल्दै उनले देश जटिल परिस्थितिमा रहेको उल्लेख गर्दै नियमित प्रहरी कार्य अझै बढी मनोबलका साथ अघि बढाउनुपर्नेमा जोड दिए।

advertisement

सो अवसरमा उनले सोमबार र मंगलबार जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे।

जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध विरुद्ध प्रदर्शन गरेका थिए। त्यसको क्रममा ठूलो जनधनको क्षति भोग्नुपरेको र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको स्मरण पनि उनले गराए।

 

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com