काठमाडौँ । जेन–जी समूहले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेको भन्ने हल्ला सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। तर, जेन-जी स्रोतले यो दाबी निराधार भएको बताएको छ।

समूहले अहिले आफ्नो आन्दोलन र रणनीतिलाई आफ्नै आन्तरिक छलफलमार्फत अगाडि बढाइरहेको छ। पूर्वराजासँगको सम्भावित भेटवार्ता वा सहकार्यबारे कुनै निर्णय नभएको जेन–जी पक्षको दाबी छ।

यसअघि सामाजिक सञ्जालमा “जेन–जीले पूर्वराजा शाहसँग छलफल गर्‍यो” भन्ने शीर्षकका सामग्रीहरू भाइरल बनेका थिए। तर जेन–जी समूहको आधिकारिक पक्षले सामाजिक संजालमा फैलिएको उक्त विषय असत्य भएको बताएको छ।

 

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com