काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको तय भएको चीन भ्रमण स्थगित गरिएको छ। भदौ २७ देखि असोज ४ गतेसम्म तय भएको उक्त भ्रमण देशको जटिल र विषम परिस्थितिका कारण रोकिएको सैनिक स्रोतले जनाएको छ।
सैनिक मुख्यालयका अनुसार वर्तमान संकटपूर्ण अवस्थालाई ध्यानमा राख्दै प्रधानसेनापतिले मित्रराष्ट्र चीनको पूर्वनियत भ्रमण कार्यक्रम स्थगित गर्ने निर्णय गरेका हुन्।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया