काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेट भएको छ ।
विहीबार साँझ ७ बजेतिर भेटवार्ता भएको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए ।
भेटमा देशको विद्यमान परिस्थिति र संविधानसम्मत निकासका विषयमा कुरा भएको जनाइएको छ ।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया