काठमाडौं ।  जेन–जी समूहले अघि सारेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने विषयमा व्यापक सहमति जुटेको छ। राष्ट्रपति रामचन्द्र पौडेल पनि कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न सकारात्मक देखिएका छन्। तर संसद् विघटन गर्ने न गर्ने भन्ने संवेदनशील बिषयमा एकमत नहुँदा प्रक्रिया अघि बढ्न ढिलाइ भएको हो।

अन्तरिम सरकार गठनबारे संविधानले दिने सम्भावनामाथि राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की, प्रधानसेनापति अशोकराज सिग्देल र राष्ट्रपतिको कानुनी सल्लाहकार बाबुराम कुँवरबीच बिहीबार राति साढे १० बजेदेखि करिब चार घण्टा बढी छलफल भएको थियो।

advertisement

वार्तामा सहभागी एक अधिकारीका अनुसार, कार्कीले संसद् कायम रहेको अवस्थामा गैरसांसदलाई प्रधानमन्त्री बनाउन संवैधानिक आधार नहुने भन्दै पहिले संसद् विघटन गर्नुपर्ने अडान राखिन्। राष्ट्रपति पौडेल भने कार्कीलाई नियुक्त गर्न सहमत भए पनि संसद् विघटनमा तयार नभएका कारण अन्तिम टुंगो लाग्न सकेको छैन।बिहान ९ बजेपछि फेरि छलफल हुने तयारी भएको छ।’

 

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com