फुङलिङ । ताप्लेजुङमा सेप्टी ट्याङ्कीको खाल्टोमा पौडी खेल्ने क्रममा दुई बालबालिकाको मृत्यु भएको छ।

मैवाखोला गाउँपालिका–३ साँघु थक्लुङ टोलकी नौ वर्षीया याङजु शेर्पा र सोही उमेरका मौसम लिम्बूको मृत्यु भएको हो।

advertisement

बुधबार नारायणी माध्यमिक विद्यालयको निमार्णधीन शौचालयका लागि खनिएको सेप्टी ट्याङ्कीको खाल्टोमा जमेको पानीमा पौडी खेल्ने क्रममा दुवै जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिवेक बस्नेतले जानकारी दिए। उनले अनुसार उक्त खाल्टो करीब ७ देखि ८ फिट गहिरो खनिएको थियो।

दुवै जनालाई मृत अवस्थामा फेला पारिएको र आवश्यक काुनी प्रक्रिया समेत पूरा गरिएको प्रहरीको भनाइ छ।

 

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com