काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनीपछि ध्वस्त बनेको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा पार्टी संस्थापक नेता विश्वेश्वर प्रसाद कोइराला (वीपी)को तस्बिर र ब्यानर पुनः टाँसिएको छ ।
भदौ २४ गते जेनजी समूहले कार्यालयमा आगजनी गरी क्षति पु¥याएपछि त्यहाँ नेपाली विद्यार्थी सङ्घका कार्यकर्ताले संस्थापक कोइरालाको तस्बिरसहितको ब्यानर राखेका हुन् । कार्यालयका सचिव प्रकाश शर्माका अनुसार शुक्रबार बिहानै कार्यकर्ताहरूले यो पहल गरेका हुन्।
ब्यानरमा कोइरालाको तस्बिरमुनि लेखिएको छ, ‘उहाँले निर्माण गर्नुभयो, हामी अझ सबल बनाउनेछौँ, हामी उठ्नेछौँ।’
शर्माले पार्टीको जलाइएका झन्डालाई पनि पुनः फहराउने तयारी भइरहेको बताए।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया