काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको अनुपस्थितिले वर्तमान राजनीतिक परिस्थितिमा खट्किएको बताएका छन्।

जेन–जेड आन्दोलनपछिको जटिल राजनीतिक घटनाक्रमलाई संकेत गर्दै प्रतिनिधि सभा सदस्य भट्टराईले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेम्वाङको अभाव महशुस भएको बताएका छन्।

advertisement

उनले लेखेका छन्, ‘सुवास दाइ, आजको अवस्थामा तपाईंको अभाव निकै खट्किरहेको छ। हामी उहाँले देखाएको मार्गदर्शन अनुसार राम्रो गर्ने प्रयास गर्नेछौं। धेरै श्रद्धा सुमन, सुवास दाइ।’

सुवास नेम्वाङ असहज राजनीतिक परिस्थितिमा पनि सबै पक्षलाई समेटेर अघि बढाउने क्षमता राख्ने नेता थिए। ७१ वर्षको उमेरमा २०८० भदौ २६ गते उहाँको निधन भएको थियो।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com