काठमाडाैं । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले संविधानको रक्षा गर्न आज दीप प्रज्वलन गर्ने भएको छ।
बारका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले संविधानभित्र रहेर मुलुकलाई निकास दिने उद्देश्यका साथ आज साँझ ५ बजे दीप प्रज्वलन गर्ने र त्यसअघि अहिले १ बजे ‘जेन-जी’ आन्दोलनमा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि तथा घाइतेको स्वास्थ्य लाभको कामना गर्ने कार्यक्रम रहेको बताए।
उपत्यकाबाहिर र देशभरका बारले सभाको आयोजना गरी आन्दोलनमा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि र घाइतेको स्वास्थ्य लाभको कामना गर्ने जनाइएको छ।
साँझ ५ बजे दीप प्रज्वलन कार्यक्रममा सम्पूर्ण कानुन व्यवसायीलाई कालोकोटसहितको ड्रेसमा संविधानको पुस्तकसहित उपस्थित हुन बारले अनुरोध गरेको छ।
- रासस
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया