काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले अब बन्ने नागरिक सरकारसँग प्रशासन पूर्ण रूपमा सहकार्य गर्न तयार रहेको बताएका छन्।

शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधार निरीक्षण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जेन–जेड आन्दोलनका मागअनुसार गठन हुने सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार रहेको बताए।

advertisement

अर्यालले मुलुकका अत्यावश्यक सेवा अबाधित रूपमा सञ्चालनमा रहेको र सेवा प्रवाह अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिए। उनले बताए कि राहदानीदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत शुरू भइसकेको छ।

सुरक्षाको जिम्मेवारी नेपाली सेनाले सम्हालिरहेको र हाल सुरक्षा अवस्था सामान्यतर्फ उन्मुख रहेको उनले उल्लेख गरे। ‘हिजोदेखि राहदानी र वैदेशिक रोजगारका सबै सेवा अनलाइनमार्फत सञ्चालनमा आएको छ। खानेपानी, विद्युत, टेलिफोन लगायतका अत्यावश्यक सेवा प्रवाहका लागि सम्बन्धित निकायलाई तत्काल निर्देशन दिइसक्यौं,’ उनले भने।

अर्यालले प्रशासनिक अभिलेखमा ठूलो क्षति पुगेको उल्लेख गर्दै पूर्वाधार र सवारीसाधनको प्राविधिक मूल्यांकन गरिने बताए। ‘सरकार गठनपछि मन्त्रालयमार्फत हुने सेवासम्बन्धी व्यवस्था निरीक्षण गरेर अगाडि बढाइँदैछ। क्षति कम भएका क्षेत्रमा प्राथमिकताका आधारमा सेवा प्रवाह भइरहेको छ,’ उनले स्पष्ट पारे।

उनले अझै जोड दिए, ‘नागरिक सरकारसँग काम गर्न प्रशासन पूर्ण रूपमा तयार छ। सिंहदरबारबाटै सरकार गठन हुने सम्भावना रहेकाले त्यसअनुसार व्यवस्थापन अघि बढाइनेछ।’

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com