काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले जेन-जीको आन्दोलनपछि देशको निकास दिन सातबुँदे प्रस्ताव अघि सारेका छन्।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै जेन-जी युवाहरूले २३ र २४ भदौमा गरेको आन्दोलनपछिको अस्थालाई निकास दिन सातबुँदे प्रस्ताव अघि सारेका हुन्।
उनले अन्तरिम सरकार गठन, शक्ति सन्तुलन, न्यायलयल सुधार लगाएका प्रस्ताव गरेका छन्।
डा. शर्माले प्रस्तुत गरेका प्रमुख प्रस्तावहरू यसप्रकार छन्
• अन्तरिम सरकार गठन : स्वच्छ छविका व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपर्ने।
• छ महिनादेखि एक वर्षभित्र आम निर्वाचन : निर्वाचनसँगै संविधानिक राजतन्त्र र धर्मका विषयमा जनमत सङ्ग्रह गर्ने।
• शक्ति सन्तुलन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्ने, एक व्यक्तिले दुई पटकभन्दा बढी राष्ट्रपति/प्रधानमन्त्री/मन्त्री हुन नपाउने व्यवस्था गर्ने।
• न्यायालय सुधार : विगतमा भएका राजनीतिक नियुक्तिका आधारमा पद पाएका न्यायाधीशलाई पदमुक्त गरी स्वतन्त्र निकायमार्फत न्यायाधीश नियुक्त गर्ने।
• भ्रष्टाचार छानबिन : उच्चस्तरीय स्वतन्त्र आयोग गठन गरी २०४६ सालपछि भएका सबै उच्च ओहोदाधारीको सम्पत्ति छानबिन गर्ने र अवैध सम्पत्ति राष्ट्रियकरण गर्ने।
• राजनीतिक दल सुधार : राजनीतिक दलको पदाधिकारीहरुको कार्यकाल ४ वर्षमा सीमित गर्ने, अनिवार्य महाधिवेशन नगरेमा दलको दर्ता स्वतः खारेज गर्ने।
• विशेष आयोगको सिफारिसमा मात्र विशेष अधिवेशन : संसदलाई अस्थायी रूपमा निष्क्रिय राखी, आवश्यक परेमा उच्चस्तरीय आयोगको सिफारिसमा मात्र विशेष अधिवेशन बोलाउने।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया