काठमाडौँ । जेनजी आन्दोलनका क्रममा प्रहरीले साथबाट लुटिएको पेस्तोलसहित एक युवकलाई सेनाले नियन्त्रणमा लिएको छ।
सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतका अनुसार पक्राउ पर्ने सिन्धुलीको मरिण गाउँपालिका-४ का बासिन्दा हुन्। उनको साथबाट ९ एमएमको चाइनिज पेस्तोल बरामद गरिएको छ।
बस्नेतका अनुसार हालसम्म सेनाले विभिन्न स्थानबाट २६८ थान हतियार बरामद गरिसकेको छ।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया