काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्ने हालैको निर्णयलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘विडम्बनापूर्ण’ भन्दै कडा प्रतिक्रिया व्यक्त गरेका छन्।

शीतल निवासमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने र सोही प्रक्रियाअन्तर्गत प्रतिनिधिसभा विघटनको निर्णय गर्ने सहमति बनेको खबर सार्वजनिक भएपछि महासचिव पोखरेलले यो कदमलाई लोकतान्त्रिक मूल्य–मान्यतासँगै राजनीतिक प्रक्रियाको पनि अपमान भएको टिप्पणी गरेका हुन्।

advertisement

उनका अनुसार देशलाई निकास दिन भन्दै अघि सारिएको यो सहमति नै उल्टो राजनीतिक संकटलाई थप गहिरो बनाउने खालको छ, जसलाई उनले ‘विडम्बना’को रूपमा प्रस्तुत गरेका छन्।

‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउने सुनाउनेहरु अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनपूर्ण विषय हो’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसैले सतर्क रहौं, खबरदारी गरौं ।’

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com