काठमाडौँ । राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मात्र शपथ ग्रहण गरेकी छन् ।
तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने प्रारम्भिक तयारी भए पनि जेनजी समूहको तर्फबाट मन्त्रीको नामावलीमा सहमति नजुटेकाले तत्कालै मन्त्री नियुक्ति रोकिएको बताइएको छ ।
मन्त्रीहरू नबनेसम्म प्रधानमन्त्री कार्कीले नै सबै मन्त्रालय सम्हाल्नेगरी राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवारी दिएका छन् ।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया