काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसद् विघटनको जिम्मेवारी प्रमुख दलका शीर्ष नेताहरूमाथि पर्नुपर्ने टिप्पणी गरेका छन्।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले संसद् विघटनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने तयारी गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले लेखेका छन्, ‘पार्टीलाई व्यक्तिगत सम्पत्ति जस्तो ठान्नेहरूको लागि संसद् विघटन सानो कुरा हुन सक्छ, तर इतिहासले यसको मूल्यांकन गम्भीर रूपमा गर्नेछ।’
उनले दललाई व्यक्तिगत स्वार्थसँग जोड्ने प्रवृत्तिमाथि प्रहार गर्दै संसद् विघटन कुनै सामान्य विषय नभएको बताए।
जेन–जीको देशव्यापी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राजीनामा दिनुपरेको थियो। त्यसको केही दिनमै राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई मुलुकको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया