काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार अन्तरिम सरकारको प्रमुख प्रधानन्यायाशीध सुशीला कार्कीलाई बनाएकोप्रति भर्त्सना गरेको छ ।

सरकार प्रमुख कार्कीले पद तथा गोपनीयताको शपथग्रहण लिने तयारी गरिरहेको समयमा शुक्रबार राति माओवादी केन्द्रको पदाधिकारीको भर्चुअल बैठकले भर्त्सना गरेको हो ।

advertisement

बैठकले जनताको सर्वोच्च संस्था प्रतिनिधिसभा विघटन गरेर संविधान, विधिको शासन र लोकतान्त्रिक मूल्य र मान्यता विपरीत सरकार प्रमुख नियुक्त गरेकोमा पार्टीले घोर भर्त्सना गरेकाे छ ।

बैठकको निर्णय सुनाउँदै सचिव देवेन्द्र पौडेलले संविधान र विधिको शासन कुल्चेर गरिएको नियुक्तिको विरूद्ध विरोध गर्न सम्पूर्ण जनतामा आह्वान गरेका छन् ।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com