काठमाडौं – शुक्रबार राति शीतलनिवासमा आयोजित अन्तरिम सरकार प्रमुख सुशीला कार्कीको शपथग्रहणमा काठमाडौं महानगरका मेयर बालेन साहको अनुपस्थिति देखिएन्।
जेन–जी आन्दोलनको अन्त्यपछि संसद् विघटन र अन्तरिम सरकार गठनको प्रस्ताव अघि सारेका व्यक्तिमध्ये बालेन नै अग्रमोर्चामा थिए। आन्दोलनकै क्रममा कतिपय पक्षहरूले उनलाई सरकार नेतृत्वको सम्भावित विकल्पको रूपमा प्रस्तुत गरे पनि अन्ततः उनले प्रधानमन्त्री पद ग्रहण नगर्ने निर्णय गरे।
यद्यपि, सरकार गठनका विषयमा भइरहेका सबै वार्तामा उनको प्रतिनिधित्व गर्दै कानुनी सल्लाहकार ओमप्रकाश अर्याल निरन्तर सहभागी हुँदै आएका थिए।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया