काठमाडौं । जेन(जी युवाको प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेको गृह मन्त्रालयलाई सिंहदरबार परिसरभित्रैको अर्को भवनमा सारिने भएको छ। तत्कालका लागि मन्त्रालयलाई पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा स्थानान्तरण गरिने तयारी छ।

उक्त भवन उद्योग मन्त्रालयको उत्तरतर्फ रहेको टावरयुक्त संरचना हो। सुरुमा त्यस भवनमा परराष्ट्र मन्त्रालय सार्ने योजना थियो, तर प्राथमिकताको आधारमा गृह मन्त्रालयलाई तत्काल व्यवस्थापन गर्ने निर्णय भएको अधिकारीहरूले बताएका छन्।

advertisement

भवनमा सामान्य किसिमको क्षति भएको भए पनि आवश्यक मर्मतसहित प्रयोग गर्न सकिने अवस्था रहेको छ।

भदौ २३ गतेदेखि सुरु भएको जेन(जी आन्दोलन अन्तर्गत भदौ २४ गते सिंहदरबार परिसरभित्र रहेका विभिन्न मन्त्रालयहरू, संसद भवन, सर्वोच्च अदालत, विशेष अदालत, काठमाडौं जिल्ला अदालतलगायतका निकायहरूमा तोडफोड र आगजनी भएको थियो। यस क्रममा गृह मन्त्रालय गम्भीर रूपमा क्षतिग्रस्त बनेको थियो।

यस्तै, शिक्षा मन्त्रालयलाई भने सिंहदरबार बाहिर सार्ने तयारी भइरहेको छ। तत्कालका लागि लैनचौरस्थित सार्वजनिक खरिद अनुगमन कार्यालयमा व्यवस्था गरिने योजना रहेको अधिकारीहरूले जानकारी दिएका छन्।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com