काठमाडौं । नेपालकी पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई संयुक्त राष्ट्रसंघ ९यूएन० का नेपालस्थित आवासीय संयोजक हाना सिंगर हम्डीले बधाई तथा शुभकामना सन्देश पठाएकी छन्।

संयुक्त राष्ट्रसंघ नेपालद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री नियुक्तिमा नेपाली जनतालाई बधाई दिँदै, राष्ट्रसंघले शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको जनअपेक्षामा साथ दिने प्रतिवद्धता व्यक्त गरिएको छ।

advertisement

संयोजक हम्डीले भनिन्, “यो महत्वपूर्ण मोडमा संयुक्त राष्ट्रसंघ नेपाली जनताको शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको आकांक्षामा साथ दिन प्रतिबद्ध छ।”

सन्देशमा राष्ट्रपतिको हैसियतमा रामचन्द्र पौडेल, प्रधानसेनापति अशोक सिग्देल, र नयाँ पुस्ताका युवा नेताहरूको योगदानको पनि उच्च प्रशंसा गरिएको छ। त्यस्तै, लोकतान्त्रिक परिवर्तनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।

प्रधानमन्त्री कार्कीप्रति शुभेच्छा व्यक्त गर्दै भनिएको छ, “देशको संवेदनशील परिस्थितिमा यो महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ, उहाँलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।”

संयुक्त राष्ट्रसंघले नेपालमा स्थायित्व, मानव अधिकार र दिगो विकासको यात्रामा सरकारसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com