मकवानपुर  । मकवानपुरको भीमफेदीस्थित कारागारबाट भदौ २५ गते बिहान भागेका ४४० जना कैदीबन्दीमध्ये हालसम्म १२३ जनालाई पुनः पक्राउ गरिएको छ। कारागार प्रशासक सुवास पौडेलका अनुसार, बाँकी ३१७ जना फरार कैदीहरूको खोजी कार्य जारी रहेको छ।

उक्त दिन, भीमफेदी कारागारमा रहेका १ हजार ६६ जना कैदीबन्दीमध्ये ठूलो संख्यामा कैदीहरू भाग्न सफल भएका थिए। पछिल्लो विवरणअनुसार हाल कारागारमा ७९७ जना कैदीबन्दी छन्, जसमा अन्य कारागारबाट फरार भई पुनः पक्राउ परेका ४८ जना कैदीसमेत छन्।

advertisement

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com