काठमाडौँ ।  लगातार ६ दिनदेखि काठमाडौँ उपत्यकामा लागू गरिएको निषेधाज्ञा र कर्फ्यु आज बिहानदेखि हटाइएको छ। नेपाली सेनाले भदौ २४ गतेदेखि निषेधाज्ञा र कर्फ्युबारे सूचना जारी गर्दै आएको भए पनि आज भने सेना वा स्थानीय प्रशासनबाट कुनै सूचना सार्वजनिक गरिएको छैन।

निषेधाज्ञा र कर्फ्यु हटेसँगै उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। उपत्यकासँगै देशका अन्य विभिन्न जिल्लामा पनि आज बिहानदेखि निषेधाज्ञा र कर्फ्यु हटाइएको छ।

advertisement

भदौ २३ गते जेन जी आन्दोलन उत्कर्षमा पुगेपछि स्थानीय प्रशासनले काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा र कर्फ्यु जारी गरेको थियो।

गएराति राष्ट्रपति रामचन्द्र पौडेलले जेन जी आन्दोलनको भावना अनुसार सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै मुलुकको अवस्था सहज बन्दै गएको देखिएको छ।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com