काठमाडौँ । लगातार ६ दिनदेखि काठमाडौँ उपत्यकामा लागू गरिएको निषेधाज्ञा र कर्फ्यु आज बिहानदेखि हटाइएको छ। नेपाली सेनाले भदौ २४ गतेदेखि निषेधाज्ञा र कर्फ्युबारे सूचना जारी गर्दै आएको भए पनि आज भने सेना वा स्थानीय प्रशासनबाट कुनै सूचना सार्वजनिक गरिएको छैन।
निषेधाज्ञा र कर्फ्यु हटेसँगै उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। उपत्यकासँगै देशका अन्य विभिन्न जिल्लामा पनि आज बिहानदेखि निषेधाज्ञा र कर्फ्यु हटाइएको छ।
भदौ २३ गते जेन जी आन्दोलन उत्कर्षमा पुगेपछि स्थानीय प्रशासनले काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा र कर्फ्यु जारी गरेको थियो।
गएराति राष्ट्रपति रामचन्द्र पौडेलले जेन जी आन्दोलनको भावना अनुसार सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै मुलुकको अवस्था सहज बन्दै गएको देखिएको छ।
प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार













प्रतिक्रिया