काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसद् विघटनसँगै पुराना मात्र नभई नयाँ भनिएका दलहरू समेत अस्तित्व सङ्कटतर्फ उन्मुख भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले अबको परिस्थितिमा आन्दोलनको म्यान्डेट र जनअपेक्षालाई आधार मानेर गहिरो आत्म–समीक्षा गर्दै दलहरूको पुनर्गठन तथा पुनर्संरचनाको व्यापक अभियान सुरु गर्न आवश्यक रहेको औंल्याए।

advertisement

शर्माले भनेका छन्, ‘संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगेका छन्। अब आन्दोलनको म्यान्डेट र जनअपेक्षा अनुसार गम्भीर आत्म–समीक्षा गर्दै पुनर्गठन र पुनर्संरचनाको महाअभियान आरम्भ गरौँ।’

 

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com