काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्।
शनिबार सामाजिक सञ्जाल एक्स मार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री मोदीले कार्कीले अन्तरिम सरकारको नेतृत्व सम्हालेकोमा हार्दिक बधाई दिएका हुन्।
उनले लेखेका छन्,’नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ र दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।’
प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार












प्रतिक्रिया