काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई आन्दोलनमा सहभागी भएकामात्र आधारमा मन्त्री नियुक्त नगर्न सुझाव दिएका छन्।

प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै प्रसाईँले मन्त्रिपरिषद् गठनमा जल्दबाजी नगरी गहिरो विचार–विमर्श गरेको कदमलाई स्वागत गरेका छन्। उनले यो सावधानीपूर्ण निर्णय आन्दोलनको मर्मसँग मेल खाने ऐतिहासिक कदम भएको टिप्पणी गरे।

advertisement

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रसाईँले लेखेका छन्, आगामी मन्त्रिपरिषद्मा सहभागी हुने जो कोही पनि सम्बन्धित मन्त्रालयका प्राविधिक र नीतिगत विज्ञ हुनुपर्छ। केवल आन्दोलनमा उपस्थित भएको आधारमा छनोट गर्नु उचित हुँदैन। देशलाई सही बाटोमा डोर्याउन सक्ने दक्ष, योग्य र इमानदार व्यक्तिलाई मात्र जिम्मेवारी दिनुपर्छ। जेन–जेडको कोटा पनि यस्तै दक्ष व्यक्तिलाई दिनुपर्छ।

उनले जेन–जेड पुस्ताको साहस र बलिदानले मुलुकलाई नयाँ दिशा दिएको उल्लेख गर्दै भनेका छन्, तपाईंहरूले जगाएको आशा नै अब नेपालको भविष्यको आधारशिला बनेको छ।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com