काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी आम निर्वाचन घोषणा गरिएको मितिमै सम्पन्न गर्नु मुलुकको आजको मुख्य राजनीतिक एजेण्डा हुनुपर्ने बताएका छन्। उनले विभिन्न चार माग अघि राख्दै पहिलो बुँदामा नै निर्वाचन समयमै सम्पन्न गर्नुपर्नेमा विशेष जोड दिएका हुन्।
श्रेष्ठले भाद्र २३ गते आन्दोलनकारी जेन–जेडहरूमाथि भएको निर्दयी हिंसा र भाद्र २४ गते सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत लगायतका राष्ट्रिय महत्वका संरचना तथा व्यावसायिक र निजी सम्पत्तिमा गरिएको क्षतिको छानबिन गरी दोषीमाथि कारबाही आवश्यक रहेको बताए।
त्यसैगरी उनले भ्रष्टाचार गर्नेहरूविरुद्ध कडा कदम चालेर सुशासन कायम गर्न, २०४७ सालदेखिका सरकार, संसद् र सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति अनियमित रूपमा आर्जन भएको छ कि छैन भनी छानबिन गरी आवश्यक परे राष्ट्रियकरण गर्नुपर्ने माग पनि राखेका छन्।
श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता, संविधान र लोकतन्त्रको रक्षाप्रति सबैलाई सचेत रहन आग्रह गर्दै मुलुकको स्थायित्व र सुशासन सुनिश्चित गर्न सबै पक्षको जिम्मेवारी हुने बताए।
प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार













प्रतिक्रिया