काठमाडौं । शनिबार रूसको कामचटका क्षेत्रको पूर्वी तट नजिक ७.१ म्याग्निच्युडको भूकम्प गएको छ।
एजेन्सी रोयटर्सका अनुसार जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस (GFZ) ले भूकम्पको गहिराइ १० किलोमिटर रहेको जनाएको छ। त्यस्तै, अमेरिकी भूगर्भ सर्वेक्षणले यस भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड र गहिराइ ३९.५ किलोमिटर रहेको जानकारी दिएको छ।
भूकम्पपछि प्रशान्त महासागर सुनामी चेतावनी प्रणालीले सम्भावित सुनामीको चेतावनी जारी गरेको छ।
स्मरणीय छ कि गत महिनाको अन्त्यमा कामचट्का नजिकै ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो, जसले यस क्षेत्रमा सुनामीका छालाहरू उठाएको थियो। यस भूकम्पको असर जापानमा समेत महसुस गरिएको थियो।
प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार













प्रतिक्रिया