काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री सुशीला कार्कीलाई यही संसद्ले नियुक्त गर्न सक्ने विकल्प भए पनि त्यसो नगरिएकोमा आफ्नो दुःख व्यक्त गरेका छन्।

शनिबार दिउँसो फेसबुक लाइभमार्फत बोल्दै भट्टराईले संसद विघटनलाई सही राजनीतिक निकास नभएको बताए। उनले आन्दोलनअघि पूर्वमूल्यांकन नगरेको र राज्यले सुरक्षा दिन नसक्दा अकल्पनीय क्षति भएको भन्दै अत्यन्त दुःख व्यक्त गरे।

advertisement

जेन–जेड पुस्ताको हातबाट भदौ २४ गतेको आन्दोलन नभएको उल्लेख गर्दै भट्टराईले भने, ‘कसैले पनि यो आन्दोलनलाई आगोमा रोटी सेक्ने काम गरेनन्। यसप्रति म अत्यन्त खेद व्यक्त गर्न चाहन्छु।’

उनी भदौ २३ र २४ गतेका घटनाबारे निष्पक्ष र न्यायिक छानबिनको माग पनि गर्दै भट्टराईले भने, ‘दोषीमाथि कारबाही हुनु पर्छ। २४ गतेको घटनामा उच्चस्तरीय न्यायिक छानबिन आवश्यक छ। आपराधिक मनोवृत्तिका व्यक्तिहरूमा पनि अनुसन्धान हुनुपर्छ। हामी अझै संक्रमणकालमा छौं। संवैधानिक बाटोबाट अगाडि बढ्नुपर्छ। जेन–जेड पुस्ताले भनेअनुसार सरकार गठन गर्ने विषयमा कुनै विमति छैन, यसलाई अधिकतम संवैधानिक मार्गद्वारा अघि बढाइयोस्।’

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com