काठमाडौं । असन्तुष्ट पक्षले अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाको कार्यालयमा रहेको तस्वीर र नेम प्लेट जलाइदिएका छन् ।
जेन–जेड आन्दोलनका प्रदर्शनपछि सरकारले गरेको दमनप्रति असन्तुष्ट भएर कडरियाले आफ्नो पार्टी नेतृत्वको सरकारप्रति असन्तोष व्यक्त गर्दै अध्यक्ष पदबाट राजीनामा दिएका थिए र एमाले पनि परित्याग गरेको घोषणा गरेका थिए।
तर, दुई दिनपछि उनले आफ्नो राजीनामा दबाबमा गरिएको बताउँदै पार्टीमा फर्किएको र संगठनको काममा संलग्न भएको घोषणा गरेका थिए।
यसैक्रममा, कार्यालय फर्किने तयारी गर्दा असन्तुष्ट पक्षले विरोध स्वरूप कडरियाको तस्वीर र नेम प्लेट जलाएको हो।
प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार













प्रतिक्रिया