काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो सुधार प्रस्तावमा सभापतिसँग सहमति जुटाउन नसकेको बताएका छन्।

शर्माले महासमिति बैठकमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीको पदावधि निश्चित गरी सुधार गर्न सकिने प्रस्ताव अघि सारेका थिए। उनका अनुसार प्रधानमन्त्री दुई कार्यकालभन्दा बढी हुन नपाउने व्यवस्था आवश्यक रहेको थियो।

advertisement

शनिबार सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो सन्देशमा उनले भने, ‘मैले सभापतिसँग सहमति जुटाउन सकेन। तपाईं पाँच पटक प्रधानमन्त्री भइसकेको हुनुहुन्छ, छैठौं पटक बन्नु हुँदैन। मैले प्रस्ताव गरें कि अन्य योग्य नेतामध्येबाट नाम अघि सार्नुहोस्।’

शर्माका अनुसार सभापतिले प्रस्ताव स्वीकृत गरेमा स्वाभाविक रूपमा एमाले र माओवादी केन्द्रका अध्यक्षमाथि पनि दबाब पर्न सक्ने अवस्था सिर्जना हुन्थ्यो।

महामन्त्री शर्माले भदौ २३–२४ को प्रदर्शनमा जेन–जेडको नाममा अन्य दलका अवाञ्छित तत्व प्रवेश गरेको आशंका व्यक्त गर्दै, ‘यी सबैको छानबिन गरेर कारबाही हुनु जरुरी छ। साथै भ्रष्टाचारको छानबिनका लागि आयोग गठन हुनुपर्छ।’

उनले नयाँ प्रधानमन्त्रीको चयन संविधानअनुसार गर्ने विकल्पमा छलफल भएको भए पनि निर्णय हुन नसकेको कुरा पनि स्पष्ट पारेका छन्।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com