काठमाडौं । सिंहदरबारभित्र रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अस्थायी रूपमा केशर महल, लैनचौरमा सार्ने तयारी भएको छ। भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा सिंहदरबारको मुख्य भवनसहित मन्त्रालयहरूमा आगजनी र तोडफोड भएपछि यस्तो निर्णय गरिएको हो।

मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालसहितको टोलीले शनिबार बिदाको दिन सिंहदरबार पुगेको निरीक्षणमा मन्त्रालयका १९ वटा गाडी जलेको र भौतिक संरचना व्यापक क्षति भएको पाइएको छ। उनले भने,  मन्त्रालयभित्र काम गर्ने अवस्था छैन, तर सेवा रोक्न मिल्दैन। त्यसैले तत्काल केशर महलबाट काम सञ्चालन गर्ने निर्णय गरिएको हो।

advertisement

अर्यालका अनुसार मन्त्रालयले ‘नो अब्जेक्सन लेटर’ (NOC) सेवा भक्तपुर कार्यालयमार्फत सञ्चालन गरिसकेको छ भने अन्य सेवा केशर महलमा सर्नेछ। हाल मन्त्रालयले सरसफाइ, कागजात सुरक्षित गर्ने काम सुरु गरेको छ। अपुग स्थानको समस्याका कारण सार्वजनिक खरिद अनुगमन कार्यालयलाई बाहिर सारेर मन्त्रालयको निकायका रूपमा प्रयोग गर्ने तयारी पनि भइरहेको उनले जानकारी दिए।

जेन-जी आन्दोलनमा आक्रोशित भिडले सिंहदरबारभित्रका विभिन्न मन्त्रालयहरू, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालतलगायतमा तोडफोड र आगजनी गरेका थिए। त्यस क्रममा निजी व्यापारिक प्रतिष्ठान, विद्यालय, कलेज र नेताहरूको घरमा समेत क्षति पुगेको थियो।

शिक्षा मन्त्रालयका कोठा, भर्याङ, कुर्सी र गाडीहरू सबै जलेका छन्, अर्यालले भने, तर सेवा निरन्तरता दिन हामीले नयाँ स्थानमा काम सुरु गर्नुपर्ने भएको छ।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com