काठमाडौं ।  नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका घाइतेहरूलाई भेट्न अस्पताल जाने भएकी छन् ।

शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की केहीबेरमा वीर अस्पतालको ट्रमा सेन्टर र बानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्ने छिन्।

advertisement

त्यसपछि उनले जेन–जेड आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका कोटेश्वर प्रहरी चौकी र महाराजगञ्ज प्रहरी वृत्तको निरीक्षण गर्ने कार्यक्रम तय छ। कोटेश्वरमा प्रदर्शनकारीको आगजनीमा केही प्रहरीका पनि मृत्यु भएको थियो।

हालसम्मको विवरणअनुसार जेन–जेड आन्दोलनमा ५१ जनाको ज्यान गएको छ भने सयौं घाइतेहरूको उपचार अस्पतालमा भइरहेको छ।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com