रुपन्देही । जेनजी आन्दोलनको नाममा बुटवलको भाटभटेनीमा आइसक्रिम चोरी गरेको प्रमाण सार्वजनिक भएपछि कालिका मानवज्ञान विद्यालयले आफ्नो शिक्षक शिवशंकर शुक्लालाई कारबाही गर्दै निष्कासन गरेको छ।
शुक्रबार मात्र सामाजिक सञ्जालमा उनी संलग्न भएको तस्वीर सार्वजनिक भएको थियो।
विद्यालयका प्राचार्य दिनेश थापाका अनुसार, भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा शिक्षक शुक्लाले बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केटमा अनियमित गतिविधिमा सहभागी भएको पाइएपछि विद्यालयको आचरण संहिता र नियम विपरीत काम गरेको ठहर गरिएको छ। त्यसैअनुसार आजैका मितिबाट उनलाई विद्यालयबाट हटाइएको जनाएको छ।
प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार













प्रतिक्रिया