काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त सूर्य ढुंगेलले पदत्याग गरेका छन्। आयोगका अध्यक्ष तपाबहादुर मगरलाई सम्बोधन गर्दै उनले राजीनामा पत्र पेश गरेका हुन्। संवैधानिक प्रक्रियाअनुसार आइतबार औपचारिक रूपमा राष्ट्रपतिलाई राजीनामा बुझाउने तयारी रहेको उनले जानकारी दिएका छन्।

ढुंगेलले फोनमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै लिखित राजीनामा राष्ट्रपतिलाई पठाइने बताए। राजीनामापत्रमा उनले हालै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा नियुक्त गर्ने राष्ट्रपतिको कदमलाई ऐतिहासिक भन्दै स्वागत गरेका छन्।

advertisement

‘कार्कीको नेतृत्वमा बनेको मन्त्रिपरिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समर्थन जुटाउँदै शान्ति, कानुनको शासन, मानवअधिकार र संवैधानिक व्यवस्थाको पुनर्स्थापना गर्नेछ भन्ने विश्वास गरेको छु,’ राजीनामापत्रमा उल्लेख छ।

साधारण नागरिकको नाताले आफूले नयाँ सरकारलाई पूर्ण समर्थन गर्ने स्पष्ट गर्दै ढुंगेलले मानवअधिकार आयोगमा अझ सक्षम, ऊर्जाशील र योग्य व्यक्तिलाई अवसर दिन राजीनामा दिएको बताएका छन्।

राजीनामा पत्रमार्फत उनले आयोगका अध्यक्ष, सहआयुक्त, सचिव र सम्पूर्ण कर्मचारीलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकाललाई ‘उत्पादक र सम्झनलायक’ रहेको उल्लेख गरेका छन्।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com