काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल र विभिन्न माध्यमहरूमा ‘हामी नेपाल’ र सुदन गुरुङ अन्तरिम सरकारमा सहभागी हुने भन्ने भ्रामक समाचार फैलिएकोप्रति “हामी नेपाल”ले गम्भीर आपत्ति जनाएको छ।

संस्थाले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी नेपालका कुनै पनि प्रतिनिधि वा पदाधिकारी अन्तरिम सरकारमा सहभागी हुने छैनन्। नेतृत्वमा स्थान पाउने पात्र योग्य, इमानदार र देशलाई उद्देश्यपूर्ण ढंगले अगाडि बढाउन सक्ने हुनुपर्छ भन्ने हाम्रो स्पष्ट अडान छ।’

advertisement

विज्ञप्तिमा थप स्पष्ट गर्दै भनिएको छ कि ‘हामी नेपाल’ कुनै पनि सत्ताको भूमिकामा नभई, जनताको आवाजको प्रतिध्वनि र आन्दोलनको छायाँको रूपमा मात्र उपस्थित रहेको छ। वक्तव्यमा उल्लेख छ, ‘गौरवमय नेपाल निर्माण हाम्रो साझा सपना हो। हामी यस आन्दोलनको हिस्सा हौं तर कुनै पद वा लाभको अपेक्षा गरेका छैनौं। आजसम्म प्राप्त उपलब्धि जनताको सामूहिक बलिदान र प्रयासकै परिणाम हो।’

त्यसैगरी, संस्थाले अनावश्यक हल्ला र भ्रम फैलाउन रोक लगाउन सबैलाई आग्रह गर्दै सही सूचना प्रवाहमा सहयोग गर्न आह्वान गरेको छ।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com