काठमाडौं । नेपाली सेनाले जेन–जी आन्दोलनका क्रममा नियन्त्रणमा राखिएका निवर्तमान मन्त्रीहरूलाई क्रमिक रूपमा मुक्त गर्न थालेको छ।
आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्री र पार्टी प्रमुखहरूलाई सुरक्षाका दृष्टिले सेनाले नियन्त्रणमा राखेको थियो। ती मन्त्रीहरूलाई विभिन्न गणमा राखिएको थियो।
आज भैरवनाथ गणमा राखिएका निवर्तमान मन्त्रीहरूलाई सेनाले घर फर्कन अनुमति दिएको छ। सुरक्षाका कारण उनीहरूको मोबाइल प्रयोगमा रोक लगाइएको थियो भने, प्रधानमन्त्री सुशीला कार्कीको शपथपछि उक्त प्रतिबन्ध हटाइएको थियो।
एक मन्त्रीले आज घर फर्किएको पुष्टि गर्दै भनेका छन् कि उनीहरू अब आफ्नो सामान्य गतिविधिमा फर्कन सक्ने भएका छन्।
प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार













प्रतिक्रिया