काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ‌ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण अहिलेको अवस्था बनेको आशय व्यक्त गरेका छन्। शनिबार फेसबुकमा भिडिओ सन्देश जारी गर्दै उनले गत असारमै आफूले देउवा, ओली र प्रचण्डलाई सक्रिय राजनीति छाड्न सुझाव दिए पनि नमानेको कुरा स्मरण गरे।

महामन्त्री शर्माले कांग्रेस, एमाले र माओवादीका नेतृत्वलाई सक्रिय राजनीति छाडेर अभिभावकीय भूमिका खेल्न असार १ गते झापाको धुलावारीबाट दिएको सुझाव अहिले भिडियो सन्देशमार्फत उल्लेख गरेका हुन्। उनले भनेका छन्, ‘देउवा, ओली र दाहाललाई सक्रिय राजनीतिबाट सन्यास लिनुस्, अभिभावकीय भूमिका खेल्नुस् भनेको हुँ, असार १ गते धुलावारीको कार्यक्रमबाट। सार्वजनिक रूपमा नेतृत्वको कुरा गर्‍यो भन्ने कतिपय साथीहरूलाई लाग्ला भनेर कांग्रेस केन्द्रीय समिति बैठकमै सभापति देउवालाई अब तपाईं छैंटौं पटक प्रधानमन्त्री बन्न हुँदैन भनेको थिएँ।’

advertisement

शर्माले राजनीतिमा परिवर्तको प्रयास गरे पनि आफूले नसकेको स्वीकारे। उनले एक पटक राष्ट्रपति, दुई कार्यकाल प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद मात्रै हुन पाउने व्यवस्था गर्ने प्रस्ताव पार्टीमा गरेका थिए तर स्वीकृत भएको थिए। सोही कुरा स्मरण गर्दै उनले भने, ‘त्यसबेला मेरो यो प्रस्ताव चर्चामा त रह्यो तर पार्टी निर्णय बनाउन सकिनँ ।ु

 

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com