अन्तरीम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा सफल कार्यकालयको शुभकामना दिएका छन् ।

मोदीले मणिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त प्रधानमन्त्री कार्कीको प्रशंसा गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका हुन् । भारतीय नागरिकको तर्फबाट शुभकामना व्यक्त गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाल भारतको नजिकको मित्र राष्ट्र भएको उल्लेख गरे ।

advertisement

नवनियुक्त प्रधानमन्त्री कार्कीले नेपालमा शान्ती, स्थीरता र समृद्धिका लागि मार्ग प्रशस्त गर्नेमा विश्वस्त रहेको बताउँदै मोदीले कार्की प्रधानमन्त्री हुनु महिला शशक्तिकरणको उदाहरण भएको बताएका छन् ।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com