तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले कतारमा बसोबास गर्दै आएका हमासका शीर्ष नेताहरूलाई कडा चेतावनी दिएका छन्। उनले ती नेताहरू नै गाजा युद्ध अन्त्य हुन नदिने प्रमुख बाधक भएको आरोप लगाउँदै, यही कारणले द्वन्द्व अनावश्यक रूपमा लम्बिइरहेको बताएका छन्।

शनिबार माइक्रोब्लगिङ साइट एक्समा लेख्दै नेतन्याहुले भने, ‘दोहामा रहेका हमासका आतंकवादी नेताहरूलाई गाजावासी जनताको पीडासँग कुनै सरोकार छैन। उनीहरूले प्रत्येक युद्धविरामको प्रयासलाई विफल पार्दै युद्धलाई अन्तहीन बनाउन खोजिरहेका छन्। यदि हामीले उनीहरूलाई निष्क्रिय बनाउन सफल भयौं भने, बन्धकहरूको रिहाइ र युद्धको अन्त्य दुवै सम्भव हुनेछ।’

advertisement

द टाइम्स अफ इजरायलका अनुसार, कतारले हमासको पोलिटब्युरोलाई आश्रय दिँदै आएको प्रसंगमै नेतन्याहुको यो बयान आएको हो। यसअघि पनि इजरायलले कतारको यस भूमिकामाथि निरन्तर आलोचना गर्दै आएको छ।

यसै साताको सुरुमा नेतन्याहुले कतारमा रहेका हमास नेताहरूमाथि कारबाही गर्ने योजनालाई अमेरिकाले ११ सेप्टेम्बरको आतङ्ककारी आक्रमणपछि अपनाएको रणनीतिसँग तुलना गरेका थिए। उनले कतारले तिनीहरूलाई देशबाट निकाल्न वा न्यायको कठघरामा उपस्थित नगरेसम्म इजरायलले जहाँ भए पनि आक्रमण गर्ने चेतावनी दिएका थिए।

यता, कतारले नेतन्याहुको टिप्पणीलाई ‘लापरबाहीपूर्ण’ भन्दै अस्वीकार गरेको छ। कतारको भनाइमा, हमास नेताहरूलाई आश्रय दिनु यसको अन्तर्राष्ट्रिय मध्यस्थता भूमिकाको एउटा हिस्सा हो।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com