काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य ७०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको हो । शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार












प्रतिक्रिया