काठमाडौं । सरकारले जेन–जी आन्दोलनमा ज्यान गुमाउनेहरूलाई शहीद घोषणा गरेको छ। साथै, घाइतेहरूको निःशुल्क उपचार र मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिएका छन्।

मुख्यसचिव अर्यालका अनुसार हाल नयाँ सरकारले सेवा प्रवाहमा ठूला चुनौतीहरूको सामना गर्नुपरेको छ। उनले भने, ‘धेरैजसो सरकारी कार्यालयहरू क्षतिग्रस्त बनेका छन्। बजेट र प्राथमिकतालाई आधार मानेर पुनर्निर्माण तत्काल आवश्यक छ। मन्त्रालय, अदालतदेखि सिडिओ कार्यालयसम्म तोडफोड र आगजनीका घटनाले ठूलो क्षति पुर्याएका छन्।’

advertisement

उनले अझै पनि तोडफोड र आगजनीबाट बचिरहेका कार्यालयमार्फत सेवा सञ्चालन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै त्यसका लागि स्पष्ट कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। साथै, सुरक्षा सुनिश्चित गर्नु र कर्मचारीहरूको मनोबल उच्च राखेर काम गर्ने वातावरण तयार पार्नु अहिलेको मुख्य आवश्यकता भएको उनले बताए।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com