हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँमाथि कुटपिट भएको छ।

मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काका अनुसार हेटौंडा–२ बुद्धचोकस्थित आफ्नै कपडा पसल बानियाँ ट्रेडर्स अगाडि उपमेयर बानियाँलाई स्थानीय पुरुषोत्तम खड्काले हातपात गरेका हुन्।

advertisement

५२ वर्षीय खड्का हेटौंडा–१ निवासी हुन्। उनलाई घटनापछि प्रहरीले नियन्त्रणमा लिएको एसपी खड्काले जानकारी दिए।

उपमेयरमाथि खड्काले किन आक्रमण गरे भन्नेबारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com