काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले जेन–जी आन्दोलनका क्रममा नियन्त्रणमा परेका हतियार तथा सुरक्षासामग्री फिर्ता गर्न आग्रह गरेको छ।

आइतबार जारी सूचनामा सशस्त्र प्रहरीले केही व्यक्ति वा समूहले सुरक्षा निकायबाट हतियार, गोलीगठ्ठा, पोशाक, सञ्चार उपकरण लगायतका सामग्री लिएर गएको पुष्टि भएको उल्लेख गर्दै ती सामग्री तुरुन्त नजिकको प्रहरी वा सशस्त्र प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको छ।

advertisement

सशस्त्र प्रहरीका अनुसार सुरक्षा पोशाकलगायतका सामग्री सामाजिक सञ्जालमा प्रयोग गरी फोटो तथा भिडियो सार्वजनिक भइरहेकाले दुरुपयोग हुनसक्ने खतरा देखिएको छ। त्यस्ता सामग्री प्रयोग गरेको वा लुकाइराखेको जानकारी भए तत्काल सम्बन्धित निकायलाई सूचित गर्न आग्रह गरिएको छ।

अहिलेसम्म केही सामग्री फिर्ता भएको जनाउँदै सशस्त्र प्रहरीले सहयोग गर्नेहरुलाई धन्यवाद व्यक्त गरेको छ। बाँकी रहेका सामग्रीसमेत

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com