काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट कामकाज सुरु गर्ने भएको छ ।

गत साेमबार र मंगलबार जेनजी प्रदर्शनमा आगलागीका कारण स्वास्थ्य मन्त्रालय पूर्ण रूपमा ध्वस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌बाट कामकाज सुरु गर्ने गरी तयारी भइरहेको स्वास्थ्य सचिव डाक्टर विकास देवकोटाले बताए ।

advertisement

स्वास्थ्य मन्त्रालयको पछाडि बनेको एनएचआरसीको नयाँ भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । एनएचआरसीमा मन्त्रीलाई राख्न मिल्ने एउटा कोठा तयार गरिएको सचिव देवकोटाले बताए ।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com