काठमाडौं । नेपाल सरकारको भुक्तानी प्रणाली पुनःसञ्चालनमा आएको छ। अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव टंकप्रसाद पाण्डेयले आइतबारदेखि सरकारका तर्फबाट भुक्तानी दिन सुरु गरिएको जानकारी दिएका छन्।
भुक्तानीसँगै राजस्व संकलनको प्रक्रिया पनि सक्रिय भएको मन्त्रालयले जनाएको छ। अधिकांश भन्सार विन्दु सञ्चालनमा आइसकेका छन् भने पूर्ण क्षति पुगेका केही आन्तरिक राजस्व कार्यालय बाहेक अन्य कार्यालयहरूले सेवा सुरु गरिसकेका छन्।
जेन–जी आन्दोलनका क्रममा १४ आन्तरिक राजस्व कार्यालय र पाँच भन्सार कार्यालयमा तोडफोड भएको थियो। त्यसमध्ये चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालय आंशिक क्षतिग्रस्त भएको पाइएको छ।
भुक्तानी प्रणाली सुचारु भएपछि दशैंअघि नै सरकारी कर्मचारीहरूले तलब–भत्ता प्राप्त गर्ने व्यवस्था सुनिश्चित भएको अर्थ मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार












प्रतिक्रिया