मड्रिड । स्पेनको राजधानी मड्रिडमा रहेको एउटा भवनमा शनिबार अपराह्न भएको शक्तिशाली विस्फोटमा एक जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन्।

स्पेनी आपतकालीन सेवाका अनुसार विस्फोटपछि उद्धारकर्मीहरूले स्निफर कुकुरको सहयोगमा भग्नावशेषबीचबाट एक व्यक्तिको शव फेला पारेका हुन्।

advertisement

ग्यास चुहावटका कारण विस्फोट भएको प्रारम्भिक आशंका गरिएको स्पेनी समाचार संस्था ईएफई ले जनाएको छ। यद्यपि, वास्तविक कारणबारे प्रहरीले विस्तृत अनुसन्धान अगाडि बढाएको छ।

अग्नि नियन्त्रक प्रमुख जेभियर रोमेरोका अनुसार दिउँसो करिब ३ बजेतिर भएको विस्फोटपछि तीन तले भवनको पहिलो तलामा फसेका चार जनालाई उद्धार गरिएको थियो।

विस्फोटका कारण भवनमा रहेका एउटा क्याफे, पसल तथा आसपासका अन्य संरचनामा समेत ठूलो क्षति पुगेको बताइएको छ।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com