काभ्रे । भदौ २४ गतेको प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनौती नगर सभापति विवेक भट्टराईले पदबाट राजीनामा दिएका छन्। उनले भदौ २५ गते नै राजीनामा दिएको घोषणा सामाजिक सञ्जालमार्फत गरेका हुन्।

भट्टराईलाई नेपाली कांग्रेसका नेता शिव हुमागाईंको सवारीसाधनमा आगो लगाइरहेको दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।

advertisement

राजीनामासँगै भट्टराईले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘जेन–जी आन्दोलनमा पार्टीको झन्डा बोक्नेभन्दा नागरिकको हैसियतमा सहभागी हुन आह्वान गरेको थिएँ। नगर क्षेत्रमा क्षति हुन नदिन प्रयास गर्दा चोटपटक समेत व्यहोरेँ। तर म घर फर्किएपछि नियन्त्रणबाहिर गएको भिडले सार्वजनिक र निजी सम्पत्तिमा क्षति पु¥याएको थाहा पाएर दुःख लागेको छ। परिवर्तन हाम्रो साझा चाहना हो, तर यस परिस्थितिमा नगर सभापतिको जिम्मेवारीमा रहन मेरो आत्माले अनुमति दिँदैन। त्यसैले आजकै मितिबाट पदत्याग गर्दै सक्रिय राजनीतिबाट पनि अलग हुने निर्णय गरेको छु।’

भदौ २४ को प्रदर्शनमा पनौतीका पूर्वमेयर भीम न्यौपाने, वर्तमान मेयर रामशरण भण्डारी, उपमेयर गीता बञ्जारा, पूर्वसांसद शिव हुमागाईं र सञ्चार उद्यमी क्याप्टेन रामेश्वर थापालगायतका घर र सम्पत्तिमा तोडफोड तथा आगजनी भएको थियो।

विशेषगरी पूर्वमेयर न्यौपानेको घरमा ठूलो क्षति पुगेपछि स्थानीयवासीले स्वस्फूर्त रूपमा पुनर्निर्माण अभियान सुरु गरेका छन्।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com