काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य डा. आरजु राणा देउवासहित विभिन्न नेतामाथि भएको आक्रमणप्रति तीव्र आपत्ति जनाउँदै त्यसलाई अमानवीय कृत्यको संज्ञा दिएको छ।

आइतबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा घाइते सबैको स्वास्थ्य लाभको कामना गर्दै भदौ २३ र २४ गतेको ‘जेन–जी’ आन्दोलनका क्रममा युवाको ज्यान जानु र खर्बौँ मूल्यबराबरको सम्पत्ति नष्ट हुनु दुःखद भएको उल्लेख छ। विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो संवेदना प्रकट गरिएको छ।

advertisement

कांग्रेसले आन्दोलनमा बाहिरी घुसपैठका कारण सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतदेखि निजी घर र व्यवसायिक प्रतिष्ठानसम्म भएको तोडफोड र आगजनीप्रति घोर निन्दा व्यक्त गरेको छ।

साथै, पार्टीले सरकारले घटनाको छानबिन तत्काल सुरु गर्न र वास्तविक क्षतिको विस्तृत मूल्यांकन शीघ्र गर्न माग गरेको छ।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com