काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी नेता सुमना श्रेष्ठले पार्टी छाडे पनि आफ्नो परिवर्तनको एजेन्डा कहिल्यै नछाडेको स्पष्ट पार्दै यसलाई युवा पुस्तासँगै अघि बढाइने बताएकी छन्।

श्रेष्ठले सामाजिक सञ्जालमा जारी सन्देशमा भनिन्, ‘मैले परिवर्तनको एजेन्डा कहिल्यै छाडेको छैन। यही एजेन्डा बोकेर जेन्जी पुस्ताले जुन आन्दोलन सुरु गर्नुभएको छ, त्यसमा सबैले साथ दिनुपर्छ। उहाँहरूलाई बदनाम गर्न खोज्ने प्रयास हुनुहुँदैन।’

advertisement

उनले आफूले पार्टीभित्र रहेर गर्न नसकेको काम अब युवा पुस्तासँगै रहेर गर्न चाहेको स्पष्ट पारिन्। ‘मैले मन्त्री पदको लालचमा पार्टी छाडेको होइन। भाइबहिनीहरूलाई सहयोग गर्न, उहाँहरूसँगै रहेर परिवर्तनका लागि काम गर्न मैले पार्टी छोडेको हुँ,’ श्रेष्ठले भनिन्।

साथै उनले अन्य दलका युवा नेताहरूलाई पनि सक्रिय भई परिवर्तनको पक्षमा उभिन आग्रह गरिन्। ‘सबै दलका तेस्रो, चौथो तहका युवा नेताहरूलाई म भन्न चाहन्छु — कति डराउने? किन डराउने? यो हामी सबैले चाहेको परिवर्तन हो। जेन्जी पुस्ताले ल्याएको परिवर्तनलाई सुरक्षित राखेर अगाडि बढाउनु हाम्रो साझा जिम्मेवारी हो। कि हट्नुस्, कि हटाउनुस्,’  उनले जोड दिइन्।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com